२० माघ / अर्थ र व्यापार - नेपाल एसबीआइ बैंकले माघ २८ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ। बैंकले पछिल्लो समय अरुले दिएको भन्दा कम ब्याज दरमा ऋणपत्र जारी गर्न लागेको हो।
’नेपाल एसबिआय बैंक ऋणपत्र(२०८६’ को बार्षिक ब्याज दर १० प्रतिशत मात्रै छ। अधिकांस बैंकले १०.२५ प्रतिशत ब्याज दिएका थिए भने कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याज दिँदैछ।
बैंकले प्रति कित्ता एक हजार रुपैयाँ दरका ऋणपत्र निष्काशन गर्ने छ। ऋणपत्र छिटोमा फागुन २ गतेसम्म बिक्री खुला हुनेछ। त्यसभित्र बिक्री नभएपमा बैंकले फागुन २८ गतेसम्म बिक्री गर्ने छ।
कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको ऋणपत्र कम्तिमा २५ कित्ता किन्नु पर्ने छ। बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने छ।
कुल ऋणपत्रमध्ये १ अर्ब ५० करोडको प्राइभेट प्लेसमेन्ट र बाँकी सर्वसाधारणलाई बिक्री गर्ने छ। सर्वसाधारणलाई छुट्याइएकोबाट ५ करोड कित्ता सामूहिक लगानी कोष कम्पनीले किन्ने छ।
तपाईको प्रतिक्रिया