logo

पहिलो त्रैमासमै एसबीआईको नाफा ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    785   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार  - नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस १७ गते मंगलबार अन्तिम दिन रहेको छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएकाले बैंकको लाभांश पाउन मंगलबारसम्म शेयरधनी कायम हुनुपर्छ ।

बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुधबारदेखि बुकक्लोज गर्ने भएकाले मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । पुस १६ गते सोमबार बैंकको शेयरमूल्य प्रतिकित्ता ४२० रूपैयाँमा कारोबार भएको छ ।
बैंकले पुस ३० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आह्वान गरेको साधारण सभाले गत आवको नाफाबाट सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश (४० करोड २३ लाख ४५ हजार २६३ रुपैयाँको बोनस र ८६ करोड ८२ लाख १८ हजार ७२५ रुपैयाँ नगद लाभांश) अनुमोदन गर्नेछ ।

हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत अर्थात ४० करोड २३ लाख ४५ हजार २५० रुपैयाँ बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एसबीआईले ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।