१५ बैशाख /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले ६४औं बार्षिकोत्सबको अवशरमा पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ । राष्ट्र बैंकले पछिल्ला केही बर्षयता पूर्व गभर्नरहरुलाई वरिष्टताका आधारमा सम्मान गर्दै आएको छ ।
गभर्नर डा. चिरञ्जिबी नेपालले श्रेष्ठलाई सम्मानपत्र र दोसल्ला ओढाएका थिए। सम्मानपछि श्रेष्ठले उच्च आयातका कारण चिन्ता थपिएको बताएका थिए । उनले बैंकिङ प्रणालीले आयात प्रतिस्थापनका लागि पहल गर्नु पर्ने सुझाबसमेत दिए । श्रेष्ठ पाँच बर्ष गभर्नर भएका थिए। उनी गभर्नरबाट अवकाश हुने बित्तिकै नबिल बैंकको अध्यक्ष भएका थिए। राष्ट्र बैंकको गभर्नर भइसकेको मान्छे आफैले नियमन गर्ने निकायमा अध्यक्ष भएको भन्दै उनको आलोचनासमेत भएको थियो । उनीलगायतले यस्तो काम गरेका कारण गभर्नर कहिले पनि बैंकमा जान नपाउने कानुन नै बनाइएको छ ।
श्रेष्ठ बैंकको ऋण लिएर नतिरेपछि कालोसूचिमा पनि परेका थिए। उनलाई एनबी बैंकले कालोसूचिमा राखेको थियो । उनलाई कालोसूचीमा सीफारिस गर्ने ज्ञानेन्द्र ढुङ्गाना पनि उनीसँगै मञ्चमा थिए । कर्मचारीको सेवा सुविधा बढाएको भनेर उनलाई राष्ट्र बैंकका कर्मचारीले भने सँधै सम्झिने गरेका छन् ।
तपाईको प्रतिक्रिया