२८ षुस / अर्थ र व्यापार - सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको पुस २७ गते बसेको १५३ औँ वैठकले चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैैकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।
बैंकले अघिल्लो आर्थिक वर्षमा चुक्ता पूँजीको ३ प्रतिशत बोनस तथा ५.०३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
तपाईको प्रतिक्रिया