logo

सप्तकोशीको नयाँ शाखा मोरङको केराबारी र बिराटचोकमा 

    1581   पटक पढिएको

६ असोज / अर्थ र व्यापार – सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी तथा बिराटचोकमा बिहीबारबाट २ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयहरूको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई बैकिङ सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार गर्न प्रोत्साह गरिरहेको छ । सामाजिक तथा आर्थिक रूपान्तरणकालागि देशका सबै जनतासम्म बैकिङ सेवा पुग्नु अति आवश्यक भएको छ ।

ग्रामीण क्षेत्रका जनतामा छरिएर रहेका वित्तीय स्रोतहरूलाई संकलन गरी उनीहरूलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न बैंकले प्रयास गरिरहेको छ । योसँगै बैंकका कार्यालयहरूको संख्या १२ पुगेको छ ।

सो अवसरमा बैंकले शिक्षा क्षेत्रमा योगदान गर्नुहुने केराबारीका टेक बहादुर थपलिया तथा बिराटचोकका मेदिनी प्रसाद बराललाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू, बैंकिङ क्षेत्रका प्रतिनिधिहरू, स्थानिय संघ संगठन, बुद्धिजीवी, शिक्षक, पत्रकार तथा स्थानिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।