logo

सप्तकोशीको नयाँ शाखा मोरङको केराबारी र बिराटचोकमा 

    1728   पटक पढिएको

६ असोज / अर्थ र व्यापार – सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी तथा बिराटचोकमा बिहीबारबाट २ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयहरूको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई बैकिङ सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार गर्न प्रोत्साह गरिरहेको छ । सामाजिक तथा आर्थिक रूपान्तरणकालागि देशका सबै जनतासम्म बैकिङ सेवा पुग्नु अति आवश्यक भएको छ ।

ग्रामीण क्षेत्रका जनतामा छरिएर रहेका वित्तीय स्रोतहरूलाई संकलन गरी उनीहरूलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न बैंकले प्रयास गरिरहेको छ । योसँगै बैंकका कार्यालयहरूको संख्या १२ पुगेको छ ।

सो अवसरमा बैंकले शिक्षा क्षेत्रमा योगदान गर्नुहुने केराबारीका टेक बहादुर थपलिया तथा बिराटचोकका मेदिनी प्रसाद बराललाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू, बैंकिङ क्षेत्रका प्रतिनिधिहरू, स्थानिय संघ संगठन, बुद्धिजीवी, शिक्षक, पत्रकार तथा स्थानिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।