२८ मंसिर/अर्थ र व्यापार– साञ्जेन जलविद्युत् कम्पनीले पुस २४ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले चिलिमे जलविद्युत् कम्पनीको सभाहल, धुम्रबाराही, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो ।
कम्पनीको मंसिर २६ गतेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति र छलफलका विषय निर्धारण गरेको हो ।
चिलिमेको सहायक कम्पनीको रुपमा रहेको उक्त कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गतेदेखि बुक क्लोज गर्ने बताएको छ ।
सभाका लागि गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षक नियुक्तीको विषय तय गरिएको छ ।
सभामा भाग लिइ छलफलमा सहभागी हुनका लागि पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।
तपाईको प्रतिक्रिया