logo

सानिमामाई हाइड्रोले २९ करोड २६ लाख रुपैयाँ खुदनाफा कमाए

    1257   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा २८ गुणा बढाएको छ । गत असारसम्म कम्पनीले २९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९० लाख १५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

गत वर्ष उसले २८ करोड रुपैयाँ बढी नाफा कमाएको बुधबार सार्वजनिक गरिएको गत आवको वित्तीय विवरणमा उल्लेख गरिएको छ । २२ मेगावाटको माई र ७ मेगावाटको माइक्याकेड आयोजना सञ्चालन गरिरहेको सानिमाले गत आवमा बिजुली बिक्रीलगायत अन्य शिर्षकबाट कुल ८० करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी ४० करोड ३१ लाख रुपैयाँ मात्र थियो । एक वर्षमा सानिमाले आम्दानी दोब्बर बढाएको छ । कम्पनीको सेयर पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । ८२ मेगावाटका दुईटा जलविद्युत आयोजनामा लगानी जुटाउन सानिमाले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । 

२२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासन साउन २७ गतेदेखि खुला भइसकेको छ ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सानिमा समूहले तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको छ । यो आयोजना पनि आउदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।