९ माघ/अर्थ र व्यापार– सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले आजबाट नयाँ इकाइ सानिमा लार्ज क्याप फण्ड जारी गरेको छ ।
व्यवस्थापक सानिमा क्यापिटलका अनुसार ७ वर्षे अवधि रहने गरी कुल १ अर्ब रुपैयाँको १० करोड इकाई फण्ड जारी गरेको छ ।
यस सानिमा लार्ज क्याप फण्डका लागि १३ गतेसम्म आवेदन दिन सकिन्छ । प्रतिइकाई १० रुपैयाँका दरले कम्तिमा १ सय कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्मको लगानी सानिमाको म्युचुअल फण्डमा गर्न सकिन्छ।
कुल १० करोड इकाइमध्ये १५ प्रतिशत कोष प्रवर्द्धक सानिमा बैंकका साथै कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ ।
तपाईको प्रतिक्रिया