२१ माघ / अर्थ र व्यापार - सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा माघ २४ गते शुक्रबार गर्ने भएको छ । उक्त सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे बजे शुरु हुने जनाएको छ ।
सभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने बराबरको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।
त्यस्तै, सभामा आईपीओ निष्काशन सम्बन्धि कार्य गर्नका लागि सभाबाट सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
त्यसैगरि आ.व २०७५र७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा ,नोक्सान, नगद प्रवाह, तथा चालु आ.वको लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेका छन् ।
तपाईको प्रतिक्रिया