२२ असार/अर्थ र व्यापार– सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा बुधवार बिहान १०ः३० बजे कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा हुने भएको छ ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेद पारित गरी आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख २९ गते बन्द भएको छ । वैशाख २८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
तपाईको प्रतिक्रिया