१२ मंसिर/अर्थ र व्यापार– कात्तिक मसान्तसम्ममा सानिमा इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य रू.१२ दशमलव ८२ रहेको छ । फण्डको असोज मसान्तमा प्रतिइकाई खुद मूल्य रू. १२ दशमलव ७० रहेको थियो ।
योजनाको नाफा असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा ६२ प्रतिशत वृद्धि भएको छ । योजनाले असोज मसान्तमा रू. १७ करोड ४ लाख ७४ हजार नाफा कमाएकोमा कात्तिक मसान्त सम्ममा वृद्धि भएर रू. २७ करोड ६७ लाख ८ हजार पुगेको हो ।
योजनाले कात्तिक महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्य बढेसँगै नाफा पनि बढेको हो ।
योजनाले कात्तिक मसान्तसम्ममा सूचीकृत भएका तथा सूचीकृत नभएका कम्पनीको शेयरमा गरेको लगानीको लागत मूल्य रू. ९३ करोड ३९ लाख १६ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ४४ करोड ९६ लाखभन्दा बढी पुगेको छ ।
तपाईको प्रतिक्रिया