१८ असोज/अर्थ र व्यापार– सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएको सानिमा इक्विटी फण्डले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सानिमा इक्विटी फण्डले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाइधनीहरुका लागि करसहित ७ प्रतिशतका दरले हुन आउने ९ करोड १० लाख प्रतिफल वितरण गर्ने भएको हो ।
सानिमा क्यापिटल व्यवस्थापनमा सञ्चालन भएको सानिमा इक्विटी फण्ड योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।
कम्पनीले उक्त लाभांश वितरणका लागि बुक क्लोजको मिति छिटै तोक्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया