२६ असोज/अर्थ र व्यापार– सानिमा बैंकले दसैंको अवसरमा ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको छ ।
ग्राहकलाई विभिन्न छुट दिनका लागि बैंकले अनलाइन सपिङ पोर्टल ‘सस्तो डिल’सँगको सहकार्यमा ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको हो ।
योजना अन्तर्गत ग्राहकहरुले बैकको मोबाइल बैंकिङ एपबाट क्युआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ग्राहकले विभिन्न छुट पाउने छन् ।
फर्स्ट कम फर्स्ट सर्भका आधारमा ग्राहकले २५ प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट पाउने छन् ।
योजना असोज २७ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया