१६ माघ /अर्थ र व्यापार - सानिमा बैंकले चालु आर्थिक बर्षको छ महिनामा १८.२५ प्रतिशतले नाफा बढाएको छ । सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नियामकीय समायोजनपछि भने ९४ करोड ९९ लाख रुपैयाँ छ ।
निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको सानिमा बैंकको व्याज खर्च र व्याज आम्दानीमा पनि सन्तुलन देखिएको छ । बैंकले खुद व्याज आम्दानी ४१ प्रतिशतले बढाएर एक अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ ।
पुससम्ममा बैंकले ८५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ७७ अर्ब २२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । ऋण विस्तार २६ प्रतिशतले बढेको छ भने निक्षेप २५ प्रतिशतले बढेको छ ।
आधार ब्याज दर झिनो अंकले घटाएर ९.७५ प्रतिशत छ । प्रति शेयर आम्दानी तीन रुपैयाँले सुधार गर्दै २४.५५ रुपैयाँ रहेको छ । खराव कर्जा ०.२१ प्रतिशतले बढेर ०.२४ प्रतिशत पुगेको छ ।
तपाईको प्रतिक्रिया