७ चैत्र /अर्थ र व्यापार - सानिमा बैंक लिमिटेडको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक शेयरलाई लिलामीमा बिक्री गरिने भएको छ । बैंकले एक सय ८० रुपैयाँ न्युनतम मूल्यमा शेयर आवेदन दिनुपर्ने सर्तअगाडि सारेको छ ।
यसको शेयर खरिद गर्न कम्तिमा २ लाख कित्ताको लागि आवेदन दिनुपर्ने छ । यसको शेयरमा आजदेखि यही चैत २५ गतेभित्रै आवेदन दिइसक्नुपर्ने यसको धितोपत्र बिक्री प्रवन्धक सानिबा क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यो बैंकको शेयर आवेदनका लागि ५० सय रुपैयाँको आवेदन फर्मपनि भर्नुपर्ने छ ।
तपाईको प्रतिक्रिया