१७ असार /अर्थ र व्यापार - सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदन श्रावण १० सम्म दिन सकिने जनाएको छ ।
यो छात्रवृत्ति बैंकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि दिइदै आएको छ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइट www.sanimabank.com df मा log in गर्नु पर्ने छ । उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक रु. २ हजार नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।
तपाईको प्रतिक्रिया