logo

सानिमा बैंकको संस्थापक शेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन

    1327   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - सानिमा बैंकको संस्थापक शेयरको लिलामीमा आवेदन दिने चैत २५ गते सोमबार (आज) अन्तिम दिन रहेको छ । सानिमा बैंकले सहायक कम्पनी सानिमा क्यापिटल, नक्साल मार्फत चैत ७ गते बिहीबारदेखि २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको थियो । यस लिलामीमा इच्छुक लगानीकर्ताले न्युनतम १८० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन् । 

८ अर्ब १२ लाख ५५ हजार ४०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले २७ करोड १८ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको संस्थापक शेयर बिक्री गर्न लागेको हो । यो कूल शेयरको ३.३९८ प्रतिशत र कूल संस्थापक शेयरको अनुपात ६.६६ प्रतिशत शेयर हो। बैंकमा संस्थापक साधारण शेयर स्वामित्व ५१स्४९ रहेको छ ।

संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाले प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ मूल्य आधार मानेर न्यूनतम २ लाख कित्ताको लागि ३ करोड ६० लाख रुपैयाँ वा सोभन्दा बढी बढाबढ मूल्यमा आवेदन पेश गर्न सक्नेछन् । बैंकका अन्य संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्था तथा संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, सघं, संस्थाहरुलाई बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको संस्थापक शेयरमा सोमबार कार्यालय समयभित्र सानिमा क्यापिटल नारायणचौर नक्सालमा गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्ने क्यापिटलले जनाएको छ ।

अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन तर राष्ट्र बैंकले एक जना व्यक्तिले खरिद गर्न सक्ने तोकेको सीमाभन्दा बढी नहुने गरि आवेदन गर्न सक्नेछन् । दशमलवमा आवेदन गरिको बोलपत्र रद्ध हुनेछ ।

उक्त बोलपत्र चैत २६ गते बेलुका ४ बजे सानिमा क्यापिटल नक्सालमा खुला गरिने बताइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।