३ बैशाख/ अर्थ र व्यापार - सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरेका हुन् ।
अब बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सकिनेछ । साथै बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउँन सकिने बैंकले जनाएको छ ।
म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचार सम्बन्धी सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् ।
तपाईको प्रतिक्रिया