२८ जेठ / अर्थ र व्यापार - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बिमा पनि’ नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यस अन्र्तगत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरू छन् भन्दै बैंकले ती खाताहरू खोल्ने ग्राहकलाई जम्मा १६ लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरिएको जनाएको छ ।
जुन खाताको प्रकृति हेरी दुर्घटना बिमा, औषधि उपचार बिमा तथा घातक रोगको उपचार बिमासम्बन्धी सुविधाहरू रहेका तथा खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्ने तथा न्यूनतम मौज्दात ५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ रहेका पनि बताएको छ ।
तपाईको प्रतिक्रिया