२६ जेठ / अर्थ र व्यापार - आफ्ना ग्राहकलाई सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ सुविधामा थप सुविधासहित अन्तर बैंक रकम ट्रान्सफर (आईबीएफटी), सेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरूको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपीएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्टजस्ता विभिन्न अन्य सुविधाहरूसहित इन्टरनेट बैंकिङको सुरुवात गरेको छ ।
नयाँ सुविधा भएको इन्टरनेट बैंकिङबाट ग्राहकवर्गहरूले इन्टरनेटको माध्यमबाट माथि उल्लेख गरिएका विभिन्न सुविधाहरू उपयोग गर्न सक्ने बैंकले जनाएको छ । यस सेवाअन्तर्गत ग्राहकहरूले बैंकको हाल सञ्चालनमा रहेका ८५ वटै शाखाबाट आफ्ना ग्राहक वर्गहरूलाई यो सुविधाको थालनी गरेको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया