१८ असार / अर्थ र व्यापार - हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा साँग्रिला डेभलपमेन्ट बैंकले शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ ।
शाखा कार्यालयको विधिवत रुपमा उदघाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदम बहादुर लामाले संयुक्त रुपमा गरेका हुन। उक्त कार्यक्रममा सिमकोट गाउँ पालिकाका उपाध्यक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवं हुम्ला जिल्ला न्यायाधिश श्री केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी श्री माधव प्रसाद ढुङ्गाना लगायत बिभिन्न सरकारी निकायका प्रमुख ज्यूहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको सहभागीता रहेको थियो ।
अब यस बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उदघाटन हुने क्रममा रहेको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया