logo

साना किसान लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६० रुपैयाँ ८४ पैसाले बढ्यो

    939   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - साना किसान लघुवित्त वित्तीय संस्थाको जगेडा कोषको आकार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुगेको छ । थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस लघुवित्तले गत वर्षको पुसको तुलनामा २३.७० प्रतिशत अर्थात २७ करोड २५ लाख रुपैयाँले जगेडा कोष बढाएको हो ।कम्पनीको पूँजीकोष भन्दा जगेडा कोष झण्डै दोब्बर रहेको छ ।

समीक्षा अवधिमा २५ प्रतिशत बोनस शेयर वितरण गरेर ७८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६० रुपैयाँ ८४ पैसामा बढेको छ । गत पुस मसान्तमा कम्पनीको इपिएस ५४ रुपैयाँ ५६ पैसा रहेको थियो । चालु आर्थिक वर्षको ६ महिना अवधिमा लघुवित्तले २३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ३९.३८ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका थियो ।

समीक्षा अवधिमा लघुवित्तले १५ अर्ब ६६ करोड दुई लाख रुपैयाँ ऋण सापटी लिएर १७ अर्ब ३७ करोड ६९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यसबाट कम्पनीस्को खुद ब्याज आम्दानी ३१ प्रतिशत बढेर ४२ करोड २१ लाख पुगेको छ । खराब कर्जा अनुपातलाई घटाउँदा कम्पनीको सम्भावित जोखिम व्यवस्थाको रकम ह्वात्तै घटेको छ ।

लघुवित्तले कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने भएकाले कम्पनीमा खराब कर्जा अनुपात अत्यन्त न्यून ०.०४ प्रतिशत मात्र छ । लघुवित्त कम्पनीको प्रतिशेयर नेटवर्थ २८० रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात १७.५९ गुुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।