logo

साना किसान कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा लिइने कर्जामा बृद्धि

    1457   पटक पढिएको

१४ जेठ /अर्थ र व्यापार - साना किसान कृषि सहकारी संस्थामा आबद्ध एक लाख १६ हजार पशुपालक साना किसानले १२ अर्ब ३४ करोड ५९ लाख कर्जा लिएका छन् । चालू आर्थिक वर्षको फागनु मसान्तसम्म ५३ जिल्लामा रहेका चार सय ४६ साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानले सो कर्जा लिएर १६ अर्ब रुपैयाँ बराबरको मासु तथा दुग्धजन्य पदार्थ उत्पादन भएको अनुमान सरकारले गरेको छ । 

सरकारले मासुजन्य पदार्थको उत्पादन बढाउन आर्थिक वर्ष २०६७र६८ देखि मासुजन्य पशुपालन कर्जा कार्यक्रम सञ्चालन गरेको थियो भने आव २०७१र७२ देखि दुग्धजन्य पशुपालनका लागि  समेत लगानी गर्ने व्यवस्था गरेको थियो । चालू आवको यो अवधिमा किसानले दुई खर्ब ६ अर्ब कर्जा स्वीकृत गराए पनि सो मात्र ऋण लगानी भएको आर्थिक सर्वेक्षण २०७५र७६ मा उल्लेख गरिएको छ ।

आव २०७४र७५ सम्म १५ अर्ब ८८ करोड ९४ लाख ऋण स्वीकृत भएको यस वर्ष यस्तो कर्जा स्वीकृत गराउनेको संख्या ह्वात्तै बढेको छ । गत आवसम्म ऋण लिने किसानको संख्या पनि ९५ हजार ५० मात्रै थिए । आठ महिनाको यो अवधिमा यस्ता किसानको संख्या बढेर एक लाख नाघेको छ । यो अवधिमा कर्जा कारोबार गर्ने संस्था संख्यासमेत बढेर दोब्बर भएको छ । आव २०७०र७१ मा दुई सय ५७ वटा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकामा फागुनमसान्तसम्म बढेर चार सय ४६ पुगेको छ ।

त्यसैगरी साना किसान कार्यक्रम अन्तर्गत गत आवको दोस्रो चौमाससम्म नौ अर्ब ४९ करोड ७१ लाख कर्जा प्रवाह भएकोमा एक वर्षको यो अवधिमा यस्तो कर्जा बढेर १० अर्ब ५८ करोड एक लाख पुगेको छ । यो अवधिमा ऋण असुलीमा २२ र कर्जा प्रवाहमा १५ प्रतिशतले वृद्धि भएको छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।