११ पुस /अर्थ र व्यापार - सहकारी संस्थाहरुलाई सहुलियत ब्याजदरमा राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको १ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले खोसेको छ । अर्थमन्त्री युवराज खतिवडाको प्रस्ताबमा केही दिनअघिको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको स्वाबलम्बन कोषको सो रकम वितरण गर्ने जिम्मा साना किसान विकास बैंकलाई दिने निर्णय गरेको छ ।
स्वाबलम्बन कोषमा सरकार र राष्ट्र बैंक दुबैको पैसा छ । लामो समयदेखि राष्ट्र बैंकले कोषबाट सहकारी संस्थाहरुलाई ८ प्रतिशत ब्याजदरमा प्रति सहकारी ३० देखि ५० लाख रुपैयाँ दिँदै आएको थियो । राष्ट्र बैंकले तोकेको समयमा पैसा तिर्ने सहकारी संस्थालाई राष्ट्र बैंकले ७५ प्रतिशत ब्याज फिर्ता गर्दथ्यो । यसो गर्दा इमानदार भएर कारोबार गर्ने सहकारी संस्थाले २ प्रतिशत ब्याजदरमै कोषको पैसा चलाउन पाउँथे ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार स्वाबलम्बन कोषमा अहिले ९८र९९ करोड रुपैयाँ छ । यो सरकारकै पैसा भएकाले सरकारले सञ्चालनको जिम्मा अर्को कुनै निकायलाई दिन पाउने तर लामो समयदेखि राष्ट्र बैंकले सञ्चालन गर्दै आएको कुरा खोस्नुको चाहीँ विषेश अर्थ वा स्वार्थ हुनसक्ने स्रोतले बतायो ।
तपाईको प्रतिक्रिया