१ चैत्र /अर्थ र व्यापार - सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाचौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी संचालक समितिको फागुन २९ गते बसेको १०४ औं बठकले चैत २४ गतेका लागि साधारण सभा बोलाएको हो । लघुवित्तको साधारण सभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको निर्वाचन गर्नेछ ।
यस्तै संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत साधारण सभामा पेश गरिनेछ । मंसिरमा ३ लाख कित्ता आईपिओ निष्काशन गरेको कम्पनीको चुक्ता पूँजी दश करोड रुपैयाँ पुगिसकेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ११ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । चैत १० गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।
तपाईको प्रतिक्रिया