२६ साउन / अर्थ र व्यापार – सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । बैंक संचालक समितिको बुधबार बसेको बैठकले गौतमलाई आजदेखि लागू हुनेगरी बैंकको आगामी कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको हो ।
बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिले बैठकले गौतमलाई कामु सीईओ नियुक्त गरेको थियो । यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत उनी सिद्धार्थ बैंक स्थापना भएदेखि नै सेकेण्ड म्यानको भूमिकामा थिए । सिद्धार्थ बैंकका सीइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि प्रखुम कार्यकारीको पद रिक्त थियो ।
तपाईको प्रतिक्रिया