२४ साउन / अर्थ र व्यापार – सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ५७ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष ४२ लाख ३४ हजार घाटामा रहेको यो बैंकले एकै वर्ष उक्त नाफा गर्न सफल भएको हो । यो बैंकको गत असार मसान्त सम्मको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।
यो बैंकले गत आवसम्ममा ५१ करोड २१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेर ३७ करोड ६ लाख ३१ हजार रुपैयाँ कर्जा सापटी दिएको छ । यसको सीसीडी रेसियो ६१ दशमलव ६८ प्रतिशत छ । यसको संचिन कोष १ करोड ३० लाख रुपैयाँले घाटामा छ ।
यसले गरेको लगानी ३६ लाख रुपैयाँ छ । यो बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ ८६ रुपैयाा ९६ पैसा छ । यसको खराब कर्जा ४ दशमलव २४ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया