२७ जेठ / अर्थ र व्यापार - सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंकबाट राजिनामा दिएका छन् । ४ वर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै बैंक छाडेका हुन् । आफूले ०७६ जेठ २६ गतेदेखि सहयोगी छाडेको रिजालले जानकारी दिए । उनले पदबाट दिएको राजीनामा बैंक सञ्चालक समितिको २७३ आंै बैठकले स्वीकृत गरिसकेको छ । बैंकले उनलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
रिजालको कार्यकालमा बैंकमा पु¥याएको योगदानको प्रशंसा गर्दै सहयोगी विकास बैंक परिवारले उनलाई धन्यवादसहित बिदाइ गरेको जनाएको छ । सीईओमा नियुक्त भएपछि बैंकको प्रतिष्ठा र गरिमालाई उचाइमा पु¥याउन आफूले उल्लेख्य योगदान पु¥याएको रिजालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया