logo

सरकारद्वारा सहकारी संस्थाको ब्याजदर तोक्न गृहकार्य सुरु

    1517   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - सरकारले सहकारी ऐन र नियमावलीको व्यवस्था बमोजिम राष्ट्रिय सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्न गृहकार्य सुरु गरेको छ । पहिलोपटक सहकारी संस्थाहरुको ब्याजदरलाई पनि नियमन गर्ने प्रयास थालेको हो । यसका लागि सन्दर्भ ब्याजदर निर्धारण गरिने भएको छ । हाल  सहकारीमा पनि चर्कोरुपमा ब्याज असुल्ने क्रम बढ्दै गएको छ । अझ कतिपय सहकारीले चक्रीय ब्याजदर कायम गरेर सेयर सदस्य माथि नै उच्च ब्याज कायम गर्ने क्रम बढा्दो छ ।

यस्तो अवस्था अन्त्य गर्ने गरी विभागले नै अब सन्दर्भ ब्याजदर निर्धारण गर्न लागेको रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार आधार ब्याजदर तोक्न विभागले प्रक्रिया थालेको र केही हप्ताभित्रै निर्णय हुने बताए । सहकारीको सन्दर्भ ब्याजदर तोक्न बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आवद्ध संस्था तथा संघहरु, सहकारी बैंक र ‘क’ वर्गाका बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदरलाई आधार बनाइनेछ ।
यस्तै ब्याजदरका सन्दर्भमा नेपाल सरकार र राष्ट्र बैंकले गरेका अध्ययन, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरुबाटबाट प्राप्त सुझाव र उपयुक्त आधारहरुलाई पनि हेरेर सन्दर्भ ब्याजदर तोकिने पाण्डेले बताए ।

हाल सस्तो ब्याजदरमा बचत उठाउने र चर्को ब्याजदरमा लगानी गर्ने क्रम बढ्दा त्यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । यसका कारण सहकारीको मर्म अनुरुप आर्थिक तथा वित्तीय कारोबार हुन सकिरहेको छैन । यसैलाई ध्यानमा राखेर देशभरका सहकारीका लागि सन्दर्भ ब्याजदर तोकेर लागू गर्ने तयारीमा विभाग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।