logo

काठमाडौं महानगरपालिकाद्वारा सहकारी सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाउन सञ्चालकलाई आग्रह

    1347   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - बचत तथा ऋण सहकारीभन्दा अन्य सहकारी सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाउन काठमाडौं महानगरपालिकाले सञ्चालकलाई आग्रह गरेको छ । बुधबार आयोजना गरिएको ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कामपाको सहकारी विभागले बचत सहकारीको सङ्ख्या आवश्यकताभन्दा धेरै भइसकेको भन्दै श्रमिकको हकहितका लागि सहकारी सञ्चालन गर्न आवश्यक रहेको जनाएको हो ।

कामपामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चार लगायत सहकारी छन् । कार्यक्रममा कामपा उपप्रमुख हरिप्रभा खड्गीले असल काम गर्नेको प्रशंसा र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन विभाग लागि पर्न आवश्यक रहेको बताइन् ।

कामपामा हाल एक हजार ८५६ सहकारी रहेको जानकारी गराउँदै विभागका प्रमुख नमराज ढकालले विद्युतीय प्रणालीमा आधारित ‘कोपोमिस’ कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए । विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानूनी व्यवस्था भएअनुरुप कामपाले सहकारीको नियमन र अनुगमन शुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाको सहकारीहरूमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब सात अर्ब शेयर, करीब ५२ अर्ब बचत परिचालन र ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।