९ भदौ / अर्थ र व्यापार – एनआइसी एशिया बैंक वाणिज्य बैंकमा सबैभन्दा पहिलो साधारणसभा डाक्ने बैंक बनेको छ । बैंकले भदौ ३० गते गत आर्थिक बर्षको साधारणसभा डाकेको छ । साधारण सभाका लागि बैंकले भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ ।
एनआइसी एशियाले गत आर्थिक बर्षको नाफबाट प्रस्ताव गरेको २० प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनको लागि १.०५ नगद लाभांश साधारण सभाबाट पारित गर्देछ । बोनस राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
यसअनुसार भदौ १५ गते विहीबारसम्म कायम रहेका लगानीकर्ताले मात्र २० प्रतिशत बोनस प्राप्त गर्नेछन् । यसअघि सिटिजन्स् बैंकले पनि भदौ १६ गते सेयरधनी किताब बन्द गर्ने मिति घोषणा गरेपनि साधारण सभाको मिति तोकेको थिएन ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैँया कायम गरेको थियो । बैंकको चक्ता पूँजी ६ अर्ब ६९ करोड रहेकोमा बोनसपछि आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।
तपाईको प्रतिक्रिया