१८ चैत्र /अर्थ र व्यापार - साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराहि शाखाले आफनो ग्राहक सदस्यको मृत्यपश्चात पनि ऋण कर्जा मिनाह गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय बज्रबराहिद्घारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिना विकास केन्द्रको स्व. सुकु माया स्याङ्गतानको फागुन २० गते असमाहिक निधन भएको थियो । स्व.सुकु माया स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाकि सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १९१ रुपैया कर्जा मिनाह गरेको हो ।
संस्थाले आइतबार स्याङ्गतानकै घर नजिक रहेको नागदह प्रा.वि को प्राङ्गगडमा हार्दिक श्रद्घाञ्जली तथा कर्जा मिनाह कार्यक्रम गरि कर्जा मिनाहको घोषणा गरेको हो । उक्त कार्याक्रममा कर्जा मिनाह पत्र र बचत रु ६,१३० अक्षेरुपि छ हजार एक सय तिस रुपैया मृतक स्व. सुकुमाया स्याङ्गतानको श्रीमान सानु कान्छा घलानलाई थाहा न.पा वडा नं ११ का वडा अध्क्षय किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभाग प्रमुख राम प्रसाद लामिछानेले प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया