logo

सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि साउन १ गतेदेखि बिक्री गरिने

    1032   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि साउन १ गतेदेखि बिक्री गरिने भएको छ । संस्थाले ८ हजार २५० कित्ता कर्मचारी, २६ हजार ५ सय कित्ता सामुहिक लगानीकोषको लागि र बाँकी चार लाख ९५ हजार २५० कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्नेछ ।

संस्थाले पहिलो चरणमा साउन ५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएरमा ढिलामा साउन ३० गतेसम्म बिक्री खुला गर्ने जनाएको छ । सर्वसाधारणले न्युनतम १० र अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । प्राथमिक शेयरमा आवेदन दिन आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ । यसका साथै मेरो शेयरमा खाता हुनेहरुले अनलाइनबाट आवदेन दिन सकिने बताइएको छ । संस्थाले प्राथमिक शेयर निष्काशन गर्न ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा मध्यम किसिमको सुरक्षा जनाउने रेटिङ प्राप्त गरेको हो । संस्थाले सर्वसाधारणको लागि ३२.१२ प्रतिशत शेयर निष्कासन गर्नेछ । हालको चुक्ता पूँजी ११ करोड १२ लाख रुपैयाँ छ ।  

प्राथमिक शेयर निष्कासनपछि संस्थाको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ कायम हुनेछ । प्राथमिक शेयर निष्कासनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल क्यापिटल रहेको छ । संस्थाको प्रधान कार्यालय बन्दीपुर तनहूँमा रहेको छ । हाल ३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । एक वर्ष अघिसम्म नोक्सानमा देखिएको संस्था चालु आर्थिक वर्षदेखि नाफामा देखिन थालेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा संस्थाले दुई करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।