logo

सबैको लघुवित्तद्वारा ५ करोड ३० लाख रुपैयाँको आइपिओ निष्काशन गरिने

    917   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - पाँच करोड ३० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न सबैको लघुवित्त वित्तीय संस्थाले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई ५ लाख ३० हजार कित्ता सर्वसाधारण शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । 

संस्थाले प्राथमिक शेयर निष्काशन गर्न ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा मध्यम किसिमको सुरक्षा जनाउने रेटिङ प्राप्त गरेको हो । संस्थाले सर्वसाधारणको लागि ३२.१२ प्रतिशत शेयर निष्काशन गर्नेछ । हालको चुक्ता पूँजी ११ करोड १२ लाख रुपैयाँ छ ।  प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ कायम हुनेछ । प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल क्यापिटल रहेको छ । 

संस्थाको प्रधान कार्यालय बन्दिपुर तनहूँमा रहेको छ । हाल ३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । एक बर्ष अघिसम्म नोक्सानमा देखिएको संस्था चालु आर्थिक वर्षदेखि नाफामा देखिन थालेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा संस्थाले दुई करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।