logo

ग्रामीण विकास लघुवित्तको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा कायम

    912   पटक पढिएको

२१ माघ /अर्थ र व्यापार  - ग्रामीण विकास लघुवित्तको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । गत पुसमा रहेको २९ रुपैयाँ ९१ पैसाको इपिएसमा ४ रुपैयाँ ७३ पैसाले सुधार आएको हो । यस्तै कम्पनीले जगेडा कोषलाइ पनि मजबुत बनाउँदै लगेको छ ।

यस अवधिमा लघुवित्तको खुद नाफा एक करोड ५४ लाख रुपैयाँले सुधार भएको छ । आर्थिक वर्ष २०७४र७५ पुसमा ९ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा २०७५र७६ पुसमा ११ करोड ३४ लाख पुगेको हो । ६५ करोड ५० लाख रुपैयाँमा चुक्ता पूँजी स्थिर र रहेको ग्रामिण विकास लघुवित्तले ६१ प्रतिशतले जगेडा कोषको आकार बढाएर ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित गरेको छ । गत पुसमा कम्पनीको जगेडा कोषको आकार २३ करोड ८१ लाख रहेको थियो । २०७५ साल असारसम्म कूल सञ्चित नोक्सानी २५ करोड २६ लाख ४४ हजार रूपैयाँमा रहेको यस लघुवित्तले खुद नाफा र जगेडा कोषमा सुधार गर्दै लगेको छ । चालू आर्थिक वर्ष्भित्र सञ्चित नोक्सानी सकाएर अर्काे वर्षबाट लाभांश बाँड्न सक्ने हैसियत बनाउने अवस्था संस्थाको प्रगतिले देखाउँछ ।

राष्ट्रिय स्तरको यस लघुवित्तमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं सर्वसाधारणहरुको शेयर स्वामित्व रहेको छ । समीक्षा अवधिमा लघुवित्तले दुई अर्ब ९७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन र चार अर्ब ७५ करोड ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।