logo

आरएसडीसी लघुवित्तले १ बराबर २ को हकप्रद जारी गर्ने

    1437   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – आरएसडीसी लघुवित्त बिकास बैंकले १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । राष्ट्र बैंकले २०७५ असारसम्ममा थोक कारोबार गर्ने लघुवित्त कम्पनीको चुक्ता पुँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था गरेको थियो ।

कम्पनीले हकप्रद जारी गरेपछि ३४ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी पुग्ने भएको छ । कम्पनीले यसपछि पनि थप पुँजी वृद्धि गर्नुपर्ने छ । यसको लागि कम्पनीले एफपीओ जारी गर्ने (फ्रेस इक्विटी जुटाउने इक्रा नेपालको उल्लेख) सम्भावना छ ।

कम्पनीले धितोपत्र बोर्डमा हकप्रद दर्ता गरिसकेको छ । तर, इक्रा नेपालले पनि प्रतिवेदनमा कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने भएको उल्लेख गरेको छ । इक्रा नेपालले कम्पनीलाई  ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

राष्ट्र बैंकको नयाँ नीति आउनु अघि भएको इक्रा रेटिङले वाणिज्य बैंकहरुले प्रत्यक्ष रुपमा २ प्रतिशत कर्जा विपन्न वर्गमा गर्नुपर्ने प्रावधानले कम्पनीको ४० प्रतिशत पुँजी स्रोत गुम्ने उल्लेख गरेको छ । तर, अब भने यो डर हटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।