logo

आरएसडीसी लघुवित्तले १ बराबर २ को हकप्रद जारी गर्ने

    1317   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – आरएसडीसी लघुवित्त बिकास बैंकले १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । राष्ट्र बैंकले २०७५ असारसम्ममा थोक कारोबार गर्ने लघुवित्त कम्पनीको चुक्ता पुँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था गरेको थियो ।

कम्पनीले हकप्रद जारी गरेपछि ३४ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी पुग्ने भएको छ । कम्पनीले यसपछि पनि थप पुँजी वृद्धि गर्नुपर्ने छ । यसको लागि कम्पनीले एफपीओ जारी गर्ने (फ्रेस इक्विटी जुटाउने इक्रा नेपालको उल्लेख) सम्भावना छ ।

कम्पनीले धितोपत्र बोर्डमा हकप्रद दर्ता गरिसकेको छ । तर, इक्रा नेपालले पनि प्रतिवेदनमा कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने भएको उल्लेख गरेको छ । इक्रा नेपालले कम्पनीलाई  ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

राष्ट्र बैंकको नयाँ नीति आउनु अघि भएको इक्रा रेटिङले वाणिज्य बैंकहरुले प्रत्यक्ष रुपमा २ प्रतिशत कर्जा विपन्न वर्गमा गर्नुपर्ने प्रावधानले कम्पनीको ४० प्रतिशत पुँजी स्रोत गुम्ने उल्लेख गरेको छ । तर, अब भने यो डर हटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।