२३ असार / अर्थ र व्यापार – लामो समयदेखि स्थिर रहेको निक्षेप र कर्जाको बृद्धि ह्वात्तै बढेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ । निक्षेपको अनुपातमा ऋण लगानी पनि बृद्धि भएको छ । ऋण लगानी १५ अर्ब रुपैयाँले बढेको छ ।
आर्थिक बर्षको अन्त्यमा सरकारी खर्च बढेर बाणिज्य बैंकहरुको निक्षेप र कर्जा बढ्ने अनुमान विपरित यसपाली बृद्धिको कारण भने अर्कै छ । गत साता कुमारी र सिभिलले विकास बैंक र फाइनान्स कम्पनीहरु गाभेका कारण त्यो निक्षेप बाणिज्य बैंकहरुमा गणना भएको हो ।
बाणिज्य बैंकहरुको कुल निक्षेप अब १९ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । ऋण लगानी पनि १६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया