१३ असार / अर्थ र व्यापार - आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल राष्ट्र बैंकले बिक्री गर्ने भएको छ । होलसेल रुपमा लघुवित्त को कर्जा प्रवाह गर्ने आरएमडिसीको स्थापना राष्ट्र बैंकको समेत सेयर लगानीमा भएको हो ।
राष्ट्र बैंकले आरएमडिसीमा रहेको ३ लाख २३ हजार ५२५ कित्ता सेयर बिक्री गर्नको लागि सार्वजनिक रुपमा बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले न्यूनतम १०० रुपैयाँको दरले बोलकबोल प्रक्रियाबाट सेयर बेच्न लागेको हो । सेयर खरिद गर्न चाहनेले साउन १६ भित्रमा आवेदन दिनुपर्ने छ ।
तपाईको प्रतिक्रिया