११ पुस/ अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि ७ क्षेत्रमा नयाँ व्यवस्था गरेको छ । शेयर धितो कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार प्रयोग गर्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गर्न भनेको हो । वाणिज्य बैंकहरुलाई शेयर दलालको काम गर्नका लागि नयाँ व्यवस्था गरेको बैंकले रिस्क वेटेज १०० प्रतिशत कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कल गर्दा मूल्य समायोजन भए लगत्तै हकप्रद तथा बोनस शेयरलाई पनि गणना गर्ने व्यस्था गरेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पूँजीको ४० प्रतिशतसम्म शेयर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । आधार दर गणनामा नयाँ व्यवस्था गरेको बैंकले यस अघिको आधार दर निर्धारण सम्बन्धि कार्यविधि २०६९ को बुँदा नम्बर २.५ लाई खारेज गरेको छ ।
तपाईको प्रतिक्रिया