१४ चैत्र /अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकद्वारा नियमितरुपमा नै रिपो तथा ट्रेजरी बिल बिक्री गर्दै आएको छ । यही क्रममा बिहीबार पनि बैंकले पाँच अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ ।
बैंकले एक सूचनामार्फत रिपो बोलकबोल गर्ने जनाएको छ । एक साता अवधिका लागि बिक्री गर्न लागिएको रिपो खरिदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने गरिन्छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्रि गर्दै आइरहेको छ । यसअघि गएको सोमबार मात्रै बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने सूचना जारी गरेको थियो ।
तपाईको प्रतिक्रिया