२६ भदौ / अर्थ र व्यापार – नेपाल बंगलादेश बैंक र बुम रेमिट्यान्सबिच रेमेट्यान्स पठाउने तथा भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र बैंकको तर्फबाट नायब महाप्रवन्धक सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता गरेका छन् ।
सम्झौतासँगै नेपाल बंगलादेश बैंक बुम रेमिटको एजेन्ट नियूक्त भएको छ । यसबाट बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंकले ४७ वटा शाखाहरु मार्फत भुक्तानी गर्न सक्नेछ । साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण पठाउने तथा भुक्तानी गर्ने कार्य गर्न सक्नेछ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् । आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति बनाएको छ । बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ ।
तपाईको प्रतिक्रिया