३ पुस / अर्थ र व्यापार - काठमाडौं। प्रभु मनि ट्रान्सफर र युएई एक्सचेन्जबीच रेमिटेन्स पठाउने बारेमा सम्झौंता भएको छ ।
यो सम्झौतापछि युएई एक्सचेन्ज अन्तर्गत रहेको फ्लयास रेमिटेन्स कम्पनीको कुनै पनि शाखाबाट रकम पठाउन सहज हुनेछ । कम्पनीका अनुसार फ्लयासबाट पठाएको रकम प्रभुका सात हजार भन्दा धेरै एजेन्टबाट भूक्तानी लिन सकिनेछ ।
कम्पनीले नेपालमा पठाएको पैसामा कुनैपनि सर्भिस चार्ज नकाटिने र पूरै पैसा पाउने दाबी गरेको छ।राष्ट्र बैंकको स्वीकृत प्राप्त रेमिटेन्स कार्डमार्फत पैसा पठाउन सकिने कम्पनीले जनायो । कम्पनीका अनुसार रेमिटेन्स कार्डमार्फत प्रभु बैंकको १ सय २६ वटा एटिएम र चाँडैनै एससिटीको ८ सय भन्दा बढी एटीएमबाट रकम निकाल्न सकिनेछ ।
तपाईको प्रतिक्रिया