२८ फागुन /अर्थ र व्यापार - रिलायन्स फाइनान्सको सञ्चालक समितिको फागुन २६ गते सम्पन्न २२२ औं बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार फाइनान्सले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट शेयरधनीलाई दुई करोड ८ लाख १० हजार ४०२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।यस्तै फाइनान्सले कर प्रयोजनका लागि ०.१३ प्रतिशतले हुन आउने १० लाख ९५ हजार २८४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृती तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । यसअघि फाइनान्सले आर्थिक वर्ष २०७३र७४ मा भने १२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
तपाईको प्रतिक्रिया