६ जेठ /अर्थ र व्यापार- रिलायन्स फाइनान्सकोे नवौं वार्षिक साधारणसभा जेठ २७ गते आह्वान गरिएको छ । संस्थाले हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस शेयरपछि संस्थाको चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँ पुग्नेछ । संस्थाले बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको २.५० प्रतिशत नगद लाभांस दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । संस्थाले पूँजी जुटाउने क्रममा ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । हकप्रद पछि संस्थाको शेयर पूँजी ७४ करोड ३२ लाख रुपैयाँ कायम भएको थियो ।
विगमर्जरको बहस सुरु भएसँगै संस्थाले कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा विलय हुने उपयुक्त अवसर आएमा आवश्यक प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अगाडि सारिएको छ ।
साधारणसभा प्रयोजनको लागि संस्थाले जेठ १३ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ १२ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।
तपाईको प्रतिक्रिया