logo

आज देखि रिलायन्स फाइनान्सको संस्थापक शेयर लिलामी बिक्रीमा

    1167   पटक पढिएको

१७ फागुन /अर्थ र व्यापार - रिलायन्स फाइनान्सद्वारा फागुन १७ गते देखि फेरि संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ । यसअघि चार पटक लिलामी खुला गर्दा पनि बिक्री नभएपछि फाइनान्सले शुक्रबारदेखि एक लाख ८८ हजार ८७४ दशमलव ५२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यपिटल कमलपोखरी तथा रिलायन्सका महेन्द्रपुल पोखरा, नारायणढ चितवन, बनेपा काभ्रे, चारआली, झापामा बुझाउन सक्नेछन् । 

त्यस्तै सनराइज बैंकको बीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयहरुबाट ०७५ चैत १ गते सम्म शिलबन्दी बोलपत्र बुझाउन सकिने व्यवस्था गरिएको छ । कम्पनीको लिलामी शेयरमा न्यून्नतम प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्तादेखि सबै कित्ताको लागि आवेदन गर्न सकिनेछ ।

कम्पनीको लिलामी शेयरमा न्यूनतम प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्ताको लागि आवेदन गर्नुपर्दछ । फाइनान्सले यसअघि खुला गरेको लिलामीमा बिक्री नभएपछि फेरि सर्वसाधारणले समेत आवेदन गर्न पाउनेगरी लिलामी खुला गरेको छ । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी दुई रुपैयाँ ६ पैसाले ऋणात्मक रहेको छ । जगेडा कोषमा एक करोड ५१ लाख वृद्धि गरेर उसले २२ करोड ७ लाख रुपैयाँ सञ्चित गरेको छ । फाइनान्सको प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ६८ पैसा छ । फाइनान्सको संस्थापक शेयर अन्तिम पटक प्रतिकित्ता ११० रूपैयाँमा कारोबार भएको छ भने साधारण शेयर फागुन १५ गते दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ११२ रुपैयाँमा कारोबार भएको छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक शेयरको कारोबार साधारण शेयरको जस्तै सहज नभएका कारण पनि कम्पनीहरुलाई संस्थापक शेयर बिक्री गर्न कठिनाई उत्पन्न हुने गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।