४ फागुन / अर्थ र व्यापार - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।
कम्पनीले भीमदत्त नगरपालिका–२ उल्टाखाम निवासी बीमित मञ्जु रैकालको परिवारलाई मृत्यु दाबी बापतको १ लाख रकम बरावरको चेक हस्तान्तरण गरेको हो ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टले मृतक मञ्जु रैकालका श्रीमान सुरेश रैकाललाई बीमा दाबीको चेक रकम हस्तान्तरण गरेका थिए ।
मृतक रैकालले मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड सुडा शाखा मार्फत उक्त जीवन बीमालेख खरिद गरेका थिए ।
उक्त कार्यक्रममा महेन्द्रनगर शाखाका ऐजेन्सि मेनेजर नरेन्द्र बहादुर महता, राजेन्द्र चुनारा र महेन्द्रनगर शाखाका अण्डरराईटर आशिष प्रसाद भट्टको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया