logo

रिलायन्स फाइनान्सको १२ प्रतिशत बोनस प्रस्ताव पारित

    993   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार - रिलायन्स फाइनान्स लिमिटेडको ८ औं तथा ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले संस्थाको आव २०७३÷७४ को नाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

सो प्रस्ताव पारित भएपश्चात् संस्थाको चुक्ता पुँजीवृद्धि भई ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ पुगेको छ । यस्तै, सभाबाट संस्थापक समूहबाट कुशप्रसाद मल्ली, सुरकृष्ण वैद्य र रविकृष्ण श्रेष्ठ र सर्वसाधारण सेयरधनीको तर्फबाट तुलसीप्रसाद बराल, उपेन्द्रबहादुर कार्की र श्वेता कक्षपती (शाक्य) सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । साथै निर्वा्चित सञ्चालकहरू मध्येबाट कुशप्रसाद मल्लीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको पनि कम्पनीले जनाएको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।