२३ पुस/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले राजस्व बुझाउनेको भिडलाई मध्यनजर गर्दे शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा राजस्व बुझाउनेको भिड बढ्न सक्ने भन्दै राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई पुस २५ गते शनिबार पनि शाखा खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस पनि खुला हुने भएकाले पूर्णकालीन सेवाको दिनमा जस्तै सेवा लिन सकिने जनाएको छ ।
तपाईको प्रतिक्रिया