४ असार / अर्थ र व्यापार - राष्ट्रिय बीमा संस्थानसँग एनआईसी एशिया बैंकले बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा पोलिसिहरु खरीद गर्न सक्नेछन् । बैंकले देशभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको करिब १६ लाख ग्राहक तथा प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेकातथा साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया