२९ असार / अर्थ र व्यापार – राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका(२ झापाबजार, सिन्धुलीको कमलामाई नगरपालिका(११ भिमान, रुपन्देहीको गैंडहवा गाउँपालिका(६ सुरजपुरा र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका(६ त्रिवेणीमा बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।
यो समेत बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ ।
गत चैत मसान्त सम्ममा बैंकले १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा लगानी गरेको र सोही अवधिमा बैंकले २ अर्ब ७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
तपाईको प्रतिक्रिया